प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको लाभांश घोषणा, ७ प्रतिशत हकप्रद पनि जारी गर्ने

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७९/८० को लाभांश घोषणा गरेको छ । कम्पनीको भदौ ७ गते बसेको सञ्चालक समितिको बैठकले उक्त आवको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो ।

कम्पनीले हाल कायम रहेको चुक्ता पुँजीको १० प्रतिशतको दरले बोनस सेयर तथा सो मा लाग्ने कर प्रयोजनको लागि ०.५२६ प्रतिशत नगद लाभांश समेत गरी कुल १०.५२६ प्रतिशत लाभाशं वितरण गर्ने निर्णय गरेको हो ।

साथै, बैठकले बोनस सेयर वितरण पश्चात् कायम हुने चुक्ता पुँजी ४ अर्ब ७२ करोड ५६ लाख को ७ प्रतिशतले हुन आउने रकम बारबरको हकप्रद सेयर जारी गर्ने निर्णय गरेको छ ।

कम्पनीले यसअघि चुक्ता पुँजी ४ अर्ब २९ करोड ६० लाखको १७ प्रतिशतले प्रतिकित्ता अंकित मूल्य १०० मा हकप्रद सेयर जारी गर्ने निर्णय गरेको थियो । तर नियामक निकाय नेपाल बीमा प्राधिकरणले स्वीकृति नदिएपछि रोकिएको थियो ।

लाभांश र हकप्रद प्रस्ताव स्वीकृतिका लागि नेपाल बीमा प्राधिकरणमा पठाउने र प्राधिकरणबाट स्वीकृती प्राप्त भए पश्चात आगामी वार्षिक साधारण सभामा पेश गर्ने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स