आरती पावरले ३६ करोड रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल

काठमाडौं । आरती पावर कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले सर्वसाधारणका लागि ३६ करोड रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्न लागेको हो ।

कम्पनीले प्रति कित्ता १ सय रुपैयाँका दरको ३६ लाख कित्ता आईपीओ निष्काशन गर्न लागेको हो ।

कम्पनीले आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।

यसका लागि आरती पावर कम्पनी लिमिटेडको तर्फबाट कार्यकारी अध्यक्ष भरत बहादुर खत्री र ग्लोबल आइएमई क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मन्दिप लुइँटेलले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।

वि.सं. २०७२ सालमा प्रा.लि. को रुपमा दर्ता भई वि.संं.२०८० सालमा पब्लिक कम्पनीको रुपमा परिणत भएको आरती पावर कम्पनी कम्पनीको अधिकृत पुँजी १ अर्ब ४० करोड रुपैयाँ, जारी पूँजी पनि १ अर्ब ४० करोड रुपैयाँ र चुक्ता पुँजी १ अर्ब ४ करोड रूपैयाँ रहेको छ ।

माथिल्लो इर्खुवा जलविद्युत आयोजना कोशी प्रदेशको भोजपुर जिल्लामा अवस्थित छ । आयोजना क्षेत्र भोजपुरको प्रमुख ऐतिहासिक सहर मध्येको एक डिङ्लाबाट करिब १२ किलोमिटर उत्तर पश्चिममा पर्दछ ।

आयोजना स्थल साल्पा सिलिछो गाउँपालिका र षडानन्द नगरपालिकामा पर्दछ । परियोजनाको मुख्य संरचना जस्तै हेडवर्क, सर्ज ट्यांक र पावरहाउस इर्खुवा खोलाको बायाँ किनारमा अवस्थित छ । १४.५ मे. वा. को क्षमता भएको यो आयोजना राष्ट्रिय प्रशारण लाइनमा जोडिइ यथाशक्य चाडो विद्युत वितरण कार्य गरिने योजना रहेको छ ।

यस कम्पनीमा हाइड्रो क्षेत्र लगायत अन्य विभिन्न क्षेत्रमा अनुभवप्राप्त प्रतिष्ठित व्यक्तिहरुको लगानी रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स