नामी ब्राण्डका तीन मोडलहरु नेपालमा सार्वजनिक, कति छ मूल्य ?

काठमाडौं । चिनियाँ ब्राण्डको विद्युतीय गाडी नेपालमा भित्रिएको छ । एमएडब्लू वृद्धिले बिहिबार एक कार्यक्रम आयोजना गरि चिनियाँ ब्राण्डको नामी गाडी नेपालमा सार्वजनिक गरेको हो।

कम्पनीले नामी ई १, नामी ई २ र नामी ई ३ का मोडलहरू सार्वजनिक गरेको हो ।

नेपालमा भित्रिएका यस ब्राण्डका गाडीले अन्य ईभीलाई टक्कर दिने कम्पनीले दाबी गरेको छ । यी गाडीको मूल्य किफायती र फिचर्स पनि आकर्षक भएको कम्पनीले बताएको छ ।

बक्स सव कम्प्याक ईभी नामीमा थुप्रै सेग्मेन्ट फस्ट प्रिमियम फिचर रहेहा छन्। यसमा एक्टेरियरमा फ्रमलेस डोर, फ्लस डोर ह्यान्डल, फ्लोटिङ कन्ट्रास रुफ जस्ता फिचर छन्।

यसको इन्टेरियरमा डाइमण्ड क्लील्टेड ड्यासबोर्ड, ३६० डिग्री क्यामरा, १२ इन्चको सेन्टर टचस्क्रिन डिस्प्ले, ५ इन्चको ड्राइभर इन्फर्मेसन डिस्प्ले, अटोमेटिक पार्किङ, एड्भान्स एडास सिस्टम, इन्टेलिजेन्ट भोइस कन्ट्रोल, ३२ कलरको एम्बीयन्ट लाइट, वायरलेस फोन चार्जर, इलेक्ट्रीक एड्जस्टेबल फ्रन्ट सिट प्रदान गरिएको छ ।

नेपालमा नामी ई १ का मूल्य २९ लाख ९९ हजार रुपैयाँ, नामी ई २ को मूल्य ३१ लाख ९९ हजार रुपैयाँ र नामी ई ३ को मूल्य ३४ लाख ९९ हजार रुपैयाँ निर्धारण गरिएको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स