ओखर खादा दर्जन फाइदा, यस्ता छन् बेफाइदा

काठमाडौं । स्वास्थ्यबद्र्धक खाद्य पदार्थको रुपमा ओखरलाई लिने गरिएको छ । दिमागका लागि ओखर राम्रो खाद्य पदार्थ मानिन्छ । यसमा भिटामिन ई प्रशस्त मात्रामा रहेको हुन्छ । यसले दिमाग तेज बनाउनका साथै शरीरलाई स्वस्थ्य राख्न मद्दत गर्छ । नियमित ओखर खाने गरेमा क्यान्सर, मोटोपन, मधुमेहजस्ता रोग पनि लाग्दैन । यसका साथै अनावश्यक तौल पनि बढ्दैन्। ।

मोटोपन घट्नुका साथै शरीरमा स्फूर्ति आउँछ । एक अध्ययनका अनुसार ओखरले एकाग्रकता बढाउनमा ठूलो मद्दत गर्छ । ओखरमा पाइने ओमेगा ३ प्याट एसिडले मस्तिष्क स्वस्थ राख्छ ।

ओखर जुनसुकै उमेरका व्यक्तिका लागि फाइदाजनक मानिन्छ । बढ्दो उमेरका केटाकेटीलाई ओखर खुवाउँदा यसले छिटो मानसिक तथा शारीरिक वृत्तिविकास गर्छ । नियमित ओखरा खाँदा निन्द्रा नलाग्ने समस्याबाट छुटकरा मिल्छ । यसमा मेलाटोनिन नामक हर्मोन हुन्छ । यो हर्मोोनको काम निद्रा लगाउनु हो ।

यसले अनावश्यक तौल सन्तुलन गर्छ । डाइटिङमा रहेकाहरूका लागि यो फाइदाजनक हुन् छ।यसमा प्रशस्त मात्रामा प्रोटिन पाइने भएकाले यो डाइटिङ गर्नेहरुका लागि फाइदाजनक मानिएको हो । यसमा प्रशस्त मात्रामा फाइबर पाइन्छ । फाइवरले पाचन प्रणालीलाई सक्रिय बनाउँछ । नियमित सेवन गरे रोग प्रतिरोधात्मक क्षमता बढाउँछ ।

यसले क्यान्सर, ह्दयघात र अन्य रोग लाग्नबाट बचाउँछ । कोलेस्ट्रोल कम गर्छ । हड्डी बलियो बनाउँछ । छालामा चमक आउँछ ।

कुन कुन रोग लागकाले ओखर खान हुँदैन
एलर्जी भएका वा हुने व्यक्तिले ओखर खान हुँदैन । चिलाउने तथा छालामा विमिरो आउने व्यक्तिले पनि ओखर खान हुँदेन ।ओखर उचित मात्रमा सेवन नगर्नाले छालामा क्यान्सरको जोखिम हुन सक्छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स