राजस्व अनुसन्धानमा चण्डी घिमिरे, सम्पत्ति शुद्धीकरणमा सुमन दाहाल

काठमाडौं । राजस्व अनुसन्धान विभागको महानिर्देशकमा चण्डीप्रसाद घिमिरे र सम्पत्ति शुद्धीकरण विभागको महानिर्देकको जिम्मेवारी सुमन दाहालले पाएका छन् । बिहिबार बसेको मन्त्रीपरिषद्को बैठकले यी दुई विभागको महानिर्देशकको जिम्मेवारी तोकेको छ ।

सुमन दाहाल संघीय मामिला तथा सामान्य प्रसाशन मन्त्रालय र घिमिरे उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा सरुवा भएका थिए ।

यी दुबै विभाग प्रधानमन्त्री कार्यालय अन्तगर्तको हो ।
यस अघि राजस्व अनुन्धानमा चक्रबहादुर बुढा र सम्पत्तिमा कमलप्रसाद भट्टराई थिए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स