नेपाल धितोपत्र बोर्डको विभिन्न पदमा रोजगारीको अवसर, कसरी दिने आवेदन ?

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले विभिन्न पदान कर्मचारी माग गरेको छ । बोर्डले एक सूचना जारी गर्दै विभिन्न पदमा ६ जना कर्मचारीका लागि दरखास्त आह्वान गरेको हो ।

बोर्डले लोक सेवा आयोगबाट प्राप्त सहमति अनुसार विभिन्न पदमा पदपूर्ति गर्नुपर्ने भएकोले कर्मचारी सेवा शर्त नियमावली, २०६८ (संशोधन सहित) अनुसार दरखास्त आह्वान गरेको जनाएको छ ।

जसमा सहायक निर्देशक (अधिकृत तृतीय श्रेणी) प्रशासनतर्फ खुलामा १ र आदिवासी जनजातिमा १ गरी २ जनाका लागि दरखास्त आह्वान गरेको छ । वरिष्ठ सहायक (सहायक प्रथम श्रेणी) मधेसी कोटामा एक जना र सहायक (सहायक द्वितीय श्रेणी) खुला १, महिला १ र आदिवासी जनजाति १ गरी ३ जनाका लागि दरखास्त आह्वान गरेको हो ।

योग्यता पुगेका इच्छुक उम्मेदवारहरूले बोर्डको वेवसाइटमा रहेको क्यारियर ट्याबमा क्लिक गरी अनलाईन दरखास्त दिन सकिनेछ । आवेदन दिने अन्तिम मिति भदौ २७ गतेसम्म छ भने दोब्बर दस्तुर तिरेर असोज ३ गतेसम्म आवेदन दिन सकिनेछ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स