करिब साढे १९ अर्बको कारोबार हुँदा यस्ता छन् आज सर्वाधिक सेयर खरिदबिक्री हुने कम्पनी

काठमाडौं । साताको अन्तिम दिन पनि सेयर बजार सामान्य अंकले बढेको छ ।

बिहीबार, नेप्से परिसूचक ६.०१ अंकले बढेर २९७४.४६ अंक विन्दुमा आइपुगेको छ ।

आज ४ करोड ९ लाख ५१ हजार कित्ता सेयर १९ अर्ब १६ करोड ६ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, १३२ वटा कम्पनीको सेयर मूल्य बढ्दा १०९ वटा कम्पनीको घटेको छ ३ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, साइन रेसुंगा डेभलपमेन्ट बैंकको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज १ अर्ब ३ करोड ९३ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

त्यस्तै, अरुण भ्याली हाइड्रोपावरको ४७ करोड ४७ लाख, हिमालयन रि इन्स्योरेन्सको ४४ करोड ८० लाख, ज्योति विकास बैंकको ३७ करोड ४४ लाख, अपी पावरको ३३ करोड १० लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स