नेपाल पुनर्बीमा कम्पनीको ७ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको संस्थापक सेयर बिक्रीमा राखिएको छ । कम्पनीले विशाल ग्रुप लिमिटेडको स्वामित्वमा रहेको ७ लाख कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको हो ।

उक्त सेयर खरिदका लागि कम्पनीका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन पाउनेछन् । सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ४५० रुपैयाँ निर्धारण गरिएको छ ।

विद्यमान संस्थापकहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटलमा आवेदन दिनुपर्नेछ ।

सेयर खरिदका लागि बोलकबोल गर्दा न्यूनतम १ लाख कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स