काठमाडौं । थामेको बाढी पीडितलाई नेकपा एमालेको सामाजिक सेवा केन्द्रले ३० लाख बराबरको सामग्री दिने भएको छ ।
जनतालाई सहयोग गर्न नेकपा एमालेले स्थापना गरेको सामाजिक केन्द्रले केहि दिन अघि सोलुखुम्बुको थामेमा आएको बाढीबाट प्रवाहितहरुलाई सहयोग गर्ने भएको हो ।
सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५ थामेमा दुईवटा हिमताल फुटेपछि बाढी आएको थियो । बाढीमा परी १५ घरमा पूर्ण क्षति पुगेको छ भने १० घरमा आंशिक क्षति भएको छ ।
प्रवाहितहरुलाई एमालेले आवश्यक वस्तुहरुको सहयोग गर्न लागेको एमालेको उद्योग वाणिज्य तथा आपूर्ति विभाग प्रमुख मोतिलाल दुगडले जानाकारी दिए ।
उनी भन्छन्, ‘एमालेको सामाजिक केन्द्र कोरोनाको समयमा स्थापना भएको हो । त्यस समयमा खान समेत नसक्ने अवस्थामा रहेका जनताहरुलाई सहयोग गरेको थियो । त्यस्तै अन्य खालका समस्यामा समेत हातेमालो गर्दै आएको छ ।’
समस्यामा परेका जनतासँग एमाले पार्टी रहनुपर्छ भन्ने आशयका साथ सोलुखुम्बुका बाढी प्रवाहितहरुलाई पनि सहयोग गर्न लागिएको हो ।