काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा एक लघुवित्तको ४६ हजार कित्ता सेयर सूचीकृत भएको छ ।
आइतबार सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडको एफपीओ नेप्सेमा सूचीकृत भएको हो ।
जसमा कम्पनीको कुल ४६ हजार ७२९.५४५ कित्ता एफपीओ सूचीकृत भएको हो ।
कम्पनीको साउन ४ गतेदेखि साउन ८ गतेसम्म बिक्री गरेको एफपीओ सूचीकरण गरिएको नेप्सेले जनाएको छ ।
योसँगै, अब कम्पनीको एफपीओ बुधबारदेखि कारोबारमा आउनेछ ।