कोटा सुनले बजार धानेन, गोल्ड बैंकमार्फत सुन आयात गर्न पाउनु पर्ने

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनको कोटा दैनिक ३० किलो बनाउन नेपाल राष्ट्र बैंकसँग आग्रह गरेको छ । महासंघका अध्यक्ष माणिक रत्न शाक्यको नेतृत्वमा शुक्रबार गएको महासंघको प्रतिनिधिमण्डलले हालको आपूर्ति व्यवस्थाले बजारको माग धान्न नसकेको भन्दै गोल्ड बैंकमार्फत आपूर्ति व्यवस्था मिलाउन माग गरेको हो । महासंघले हाल कोटा प्रणालीबाट आायत हुँदै आएको दैनिक २० किलो सुनले बजार नधानेको बताएको हो ।

महासंघ प्रतिनिधि मण्डलले राष्ट्र बैंक विदेशी विनिमय व्यवस्थापन विभागका कार्यकारी निर्देशक रामु पौडेल समक्ष मुलुकभर रहेका सुनचाँदी व्यवसायीको संख्या, यो व्यवसायमार्फत प्राप्त रोजगारी, राज्यलाई प्राप्त राजस्व लगायतका विषय समेटिएको प्रतिवेदन बुझाउँदै महासंघका अध्यक्ष शाक्यले हाल विभिन्न वाणिज्य बैंक मार्फत सुनको आपूर्ति हुँद आएकोमा त्यसलाई ब्यवस्थित र प्रभावकारी बनाउन गोल्ड बैंक मार्फत आपूर्ति गर्ने व्यवस्था मिलाउन राष्ट्र बैंक समक्ष माग राखेका हुन् ।

व्यवसयाीसँगको भेटकाक्रममा कार्यकारी निर्देशन पौडेलले वयवसायीका तर्फवाट बुझाइएको प्रतिवेदन ग्रहण गर्दै व्यवसायीका मागलाई सम्वोधन गर्न आवश्यक पहल गर्ने आश्वासन दिए । भेटमा महासंघका तर्फवाट वरिष्ठ उपाध्यक्ष अर्जुन रसाइली, प्रथम उपाध्यक्ष मोहन काजी शाक्य, कोषाध्यक्ष सुदिप श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स