काठमाडौं । आज आइतबार विदेशी मुद्राहरुको विनियमदर स्थिर रहेको छ ।
आज सबैजसो विदेशी मुद्राको मूल्य घटबढ् भएको छैन। अर्थात् हिजो कारोबार भएकै मूल्यमा आज पनि धेरै विदेशी मुद्रा किनबेच हुने छ।
राष्ट्र बैंकले अमेरिकी डलर १ को खरिददर १३४ रुपैयाँ ०१ पैसा र बिक्रीदर १३४ रुपैयाँ ६१ पैसा निर्धारण भएको छ। हिजो पनि अमेरिकी डलर यही मूल्यमा कारोबार भएको थियो।
आज युरोपियन युरो १ को खरिदर १४७ रुपैयाँ २८ पैसा र बिक्रीदर १४७ रुपैयाँ ९४ पैसा निर्धारण भएको छ। हिजो पनि युरोको मूल्य यही थियो।
बेलायती पाउन्ड १ को खरिददर १७२ रुपैयाँ ९२ पैसा र बिक्रीदर १७३ रुपैयाँ ६९ पैसा निर्धारण भएको छ।
आज अस्ट्रेलियन डलर १ को खरिददर ८८ रुपैयाँ ८४ पैसा र बिक्रीदर ८९ रुपैयाँ २४ पैसा निर्धारण भएको छ।
कुवेती दिनार १ को खरिददर ४३८ रुपैयाँ १४ पैसा र बिक्रीदर ४४० रुपैयाँ १० पैसा निर्धारण भएको छ।
आज बहराइन दिनारको खरिददर ३५५ रुपैयाँ ५३ र बिक्रीदर ३५७ रुपैयाँ १३ पैसा निर्धारण भएको छ।