१८६ किलो गाँजासहित २ जना पक्राउ

रौतहट । प्रहरीले १८६ किलो गाँजासहित २ जनालाई पक्राउ गरेको छ । रौतहटको प्रहरीले ट्रक चेकजाँचका क्रममा १८६ किलो गाँजासहित दुई जनालाई नियन्त्रणमा लिएको हो ।

प्रहरीले गौर–चपुर सडक खण्डमा रोकी राखेको ना६ख ५९४३ नम्बरको ट्रकमा चेचिसको भागमा फल्स बटम बनाई प्लाष्टिकले लुकाइराखेको अवस्थामा उक्त गाँजा बरामद गरेको हो ।

प्रहरीले ट्रक चालक मकवानपुर थाहा नगरपालिका-१२ बस्ने २५ वर्षीय सुरेन्द्र गोले र सोही ठाउँका वर्ष १९ का रित्तम तामाङलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स