माछापुच्छ्रे बैंकको १४ प्रतिशत लाभांश पारित

काठमाडौं । माछापुच्छ्रे बैंकले १४ प्रतिशत लाभांश पारित गरेको छ । शुक्रबार होटल पोखरा ग्राण्ड, पोखरामा सम्पन्न भएको २३ ‌औं साधरणसभाले उक्त लाभांश पारित गरेको हो ।

उक्त साधारणसभाले बैंकको आर्थिक बर्ष २०७७/७८ को बार्षिक प्रतिवेदन पारित गर्नुका साथै बैंकको सञ्चालक समितिले प्रस्ताव गरे अनुसार सेयरधनीलाई हालको चुक्ता पूँजीको १४ प्रतिशत लाभांश (०.७ प्रतिशत नगद र १३.३० प्रतिशत बोनस लाभांश) वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

बैंकको आर्थिक वर्ष २०७७/७८ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहितको २०७८ आषाढ मसान्तको वासलात तथा सोही मितिमा समाप्त भएको आर्थिक वर्ष २०७७/७८ को नाफा नोक्सान बाडँफाट, इक्विटीमा भएको परिवर्तनको विवरण तथा नगद प्रवाह विवरण लगायत सम्पूर्ण विवरणहरु पारित भएको छ ।

बैंकले गत आर्थिक वर्षमा १ अर्ब ६० करोड ७८ लाख रुपैयाा खुद नाफा गरेर प्रतिसेयर आम्दानी १७ रुपैयाँ ७६ पैसा कायम गरेको थियो । बैंकको चुक्ता पूँजी ९ अर्ब ५ करोड रुपैयाँ तथा साधारण जगेडा कोषमा २ अर्ब ७० करोड रुपैयाँ सञ्चित छ ।

स्थापनाकालदेखि नै नयाँ नयाँ प्रविधिमा आधारित सेवा सुविधा ग्राहकमाझ ल्याउन कटिवद्ध रहेको माछापुछ्रे बैंकले आफ्ना १६२ वटा शाखालगायत १५४ शाखारहित बैकिङ सेवा समेत गरी जम्मा ३१६ स्थानबाट ग्राहक महानुभावहरुमा सम्पूर्ण बैंकिङ सुविधा प्रदान गर्नुका साथै, बैंकको देशभर २०० वटा एटीएममार्फत् ग्राहकलाई सेवा प्रदान गरिरहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स