सिटिजन लाइफ इन्स्योरेन्सको नाफा २१६.५६ प्रतिशतले वृद्वि, कस्ता छन् अन्य सूचक ?

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको गत आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमाससम्मको वित्तिय विवरण सार्वजनिक गरेको छ ।

गत आर्थिक वर्षको असार मसान्तसम्ममा कम्पनीले ३२ करोड ४७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको सोहि अवधिको तुलनामा २१६.५६ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा कम्पनीले १० करोड २५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

समिक्षा अवधिमा कम्पनीले ६ अर्ब २१ करोड ५३ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । यो अघिल्ले आवको तुलनामा ५.४७ प्रतिशतले बढी हो । अघिल्लो आवमा कम्पनीले ५ अर्ब ८९ करोड ३२ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो ।

कम्पनीको जीवन बीमा कोषको आकार पनि ४१.५४ प्रतिशतले बढेर १४ अर्ब ४४ करोड २९ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष कम्पनीको जीवन बीमा कोषको आकार १० अर्ब २० करोड ४१ लाख रुपैयाँ थियो ।

कम्पनीको कुल दाबी भुक्तानी भने ३.८४ प्रतिशतले घटेर १ अर्ब ८२ करोड ९८ लाख रुपैयाँमा सीमित भएको छ ।

३ अर्ब ९३ करोड ७५ लाख रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको प्रतिसेयर आम्दानी ८.२५ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १७६.९६ रुपैयाँ, पिई रेसियो ६६.०३ गुणा रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स