काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण सार्वजनिक गरेको छ ।
गत आर्थिक वर्षको असार मसान्तसम्ममा कम्पनीले ३६ करोड ६१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको सोहि अवधिको तुलनामा १०४ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा कम्पनीले १७ करोड ९१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
समीक्षा अवधिमा कम्पनीले ४ अर्ब ३७ करोड २३ लाख रूपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । यो अघिल्लो वर्षको सोहि अवधिको तुलनामा ११३ प्रतिशतले बढी हो । अघिल्लो आवको सोहि अवधिमा कम्पनीले २ अर्ब ५ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो ।
कम्पनीको जीवन बीमा कोष ४०.५० प्रतिशतले बढेर १० अर्ब २८ करोड ६९ लाख पुगेको छ । अघिल्लो आवको सोहि अवधिमा कम्पनीको जीवन बीमा कोषको आकार ७ अर्ब ३२ करोड १९ लाख रुपैयाँ रहेको थियो ।
४ अर्ब २९ करोड चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोषमा १ अर्ब १६ करोड १२ लाख रुपैयाँ संचित रहेको छ ।
समिक्षा अवधिमा कम्पनीको कुल खुद दाबी भुक्तानी २५ प्रतिशतले बढेर १ अर्ब ७ करोड रुपैयाँ पुगेको छ । कम्पनीको लगानी तथा कर्जाबाट प्राप्त आम्दानी १२४ प्रतिशतले बढेर १ अर्ब २५ करोड नाघेको छ । कमिशन खर्च ७२ प्रतिशतले बढेर ४८ करोड ९५ लाख रुपैयाँ पुगेको छ ।
कम्पनीको प्रतिसेयर आम्दानी ८.५२ रुपैयाँ रहेको छ ।