भारतबाट आयो कृषिमा ५० करोडको सीमा राखेपछि पहिलो विदेशी लगानी

काठमाडौं । कृषि क्षेत्रमा विदेशीले लगानीकर्ताको लागि ५० करोड रुपैयाँ न्यूनतम सीमा राखिएपछि पहिलो लगानी भित्रिएको छ । भारतको आईजी फुड्स प्रालीले गरेको ५६ करोड रुपैयाँ लगानीको प्रस्ताव सरकारले स्वीकृत गरेको हो ।

नेपालमा प्राथमिक क्षेत्रमा विदेशी लगानीलाई अनुमति दिने वा नदिने विषय निकै चर्चामा रह्यो । विषय अदालतसम्म समेत पुग्यो ।

केहि विदेशी लगानी ल्याउने वातावरण बनाउन पर्छ भनिरहेका छन् । भने कहि कृषि जस्ता क्षेत्रमा बन्देज गर्नुपर्छ भन्ने तर्क अहिले पनि राखिरहेका छन् ।

तर करिव ३ वर्ष अघि सरकारले नयाँ ५० करोडको लगानी सीमा राख्दै प्राथमिक क्षेत्रलाई समेत लगानी खुल्ला गरिदियो ।
विदेशी लगानी तथा प्रविधि हस्तान्तण ऐन २०७५ को अनु्सूचि संशोधन गर्दै विदेशी लगानीको व्यवस्था गरेको हो ।

अनुसूचीमा कृषिका प्राथमिक उत्पादनका क्षेत्र पशुपन्छी पालन, माछापालन, मौरीपालन, फलफूल, तरकारी, दुग्ध लगायतका ५० करोड भन्दा बढी लगानी हुने व्यवसायमा विदेशी लगानी ल्याउन पाउने व्यवस्था छ ।

लगानी सम्बन्धी विगतका व्यवस्थाहरूलाई संशोधन र एकीकरण गर्न तथा लगानीको परिवर्तित सन्दर्भलाई समेट्ने गरी २०७५ सालमा विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन २०७५ जारी गरिएको थियो । र यो ऐन नेपालमा लगानी सम्बन्धी हालको प्रचलित कानून रहेको छ ।

साथै २०७७ पुसमा नेपाल सरकारले कृषिमा विदेशी लगानीलाई अनुमति दिने घोषणा गरेको थियो । जस अन्तर्गत कुल खाद्य उत्पादनको ७५ प्रतिशत निर्यात भइरहेसम्म कुखुरापालन, एक्वाकल्चर, पशुपालन, दुग्ध, लगायतका प्राथमिक कृषि गतिविधिहरूका लागि प्रत्यक्ष विदेशी लगानीलाई अनुमति दिईयो ।

तर त्यसको ठिक एक महिना पछि अदालतमा परेको उजुरीको आधारमा नेपाल सरकारको कृषिमा विदेशी लगानीलाई अनुमति दिने निर्णयलाई तत्कालका लागि रोक्न सर्वोच्च अदालतद्वारा अल्पकालिन आदेश जारी गर्यो ।

त्यसपछि ५० करोडको सीमा राखेर कृषिमा विदेशी लगानीको अनुमति दिने व्यवस्था गरिएको हो ।
यो व्यवस्था पछि पहिलो पटक भारतबाट विदेशी लगानी भित्रिएको छ । भारतबाट आएको लगानी स्वीकृत समेत भैसकको उद्योग विभागले जनाएको छ ।

विश्व प्रख्यात फल एभकाँडोको व्यवसायको लागि लगानी आएको हो । धनकुटामा एभकाँडोको व्यसायीक खेति गर्ने भन्दै लगानी आएको छ । जसमा ५६ करोड लगानी गर्ने भनिएको छ ।
लगानी गर्ने कम्पनीको नाम आईजी फुड्स प्रालि ईण्डिया रहेको विभागले जनाएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स