काठमाडौं । हिमालयन रि इन्स्योरेन्सले गत आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।
गत आर्थिक वर्षको असार मसान्तसम्ममा कम्पनीले १ अर्ब २८ करोड ३५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ९७.६४ प्रतिशतले बढी हो। अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा कम्पनीले ६४ करोड ९४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।
समीक्षा अवधिमा कम्पनीले २ अर्ब ७५ करोड ३१ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । यो गत आवको सोहि अवधिको तुलनामा ४७.१९ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिमा कम्पनीले १ अर्ब ८७ करोड ४ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो ।
१० अर्ब ४० करोड रुपैयाँ चुक्तापुँजी रहेको कम्पनीको मूल्य आम्दानी अनुपात ४७.१५ गुणा, रिजर्भ कोषमा १ अर्ब ९ करोड रुपैयाँ, महाविपत्ती कोषमा ११ करोड १० लाख रुपैयाँ, रिटेन्ड अर्निङमा ५६ करोड ४३ लाख रुपैयाँ रहेको छ ।
समिक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी १२.३४ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १५४.२६ रुपैयाँ छ भने अन्य इक्विटीमा २ करोड ७४ लाख रुपैयाँ सञ्चित रहेको छ।