उत्पादनमूलक क्षेत्रमा कर्जा प्रवाह गर्न बैंकरहरूलाई अर्थमन्त्रीको निर्देशन

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले बैंकरहरूलाई उत्पादनमूलक क्षेत्रमा लगानी गर्न निर्देशन दिएका छन् । आज शुक्रबार अर्थ मन्त्रालयमा भएको छलफल कार्यक्रममा बैकरहरूलाई अर्थमन्त्री शर्माले आम नागरिकमा पहुँच पुग्ने गरी उत्पादनमूलक क्षेत्रमा कर्जा लगानी गर्न निर्देश भएको नेपाल बैकर्स संघका नवनियुक्त अध्यक्ष अनिलकुमार कुमार उपाध्यायले बताए ।

अहिले भएको कर्जा प्रवाह उत्पादनमूल क्षेत्रमा भन्दा अनुत्पादकतर्फ गएको हो कि भन्दै अर्थममन्त्री शर्माले कर्जा प्रवाह धेरै भएको तर त्यसको प्रतिफल भने नदेखिएकोले प्रतिफल आउने क्षेत्रमा लगानी गर्न निर्देशन दिएको अध्यक्ष उपाध्यायले बताए ।

‘मन्त्रीज्यूबाट यस विषयमा चिन्ता व्यक्त भएको छ,’ उनले भने ‘आम नागरिकको पहुँचमा पुग्ने गरी उत्पादनमूलक क्षेत्रका कर्जा प्रभाव गर्न हामीहरूलाई निर्देश भएको छ । ७ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने क्षेत्रमा कर्जा प्रवाह गर्नुस् ।’

‘आज छलफलको मुख्य विषय भनेको गहिरिदै गएको तरलता संकटको विषय हो,’ उनले भने ‘हाल बैकिङ क्षेत्रमा देखिएको तरलता संकटको विषयलाई लिएर यसलाई कसरी मेन्टन गर्ने भन्ने विषयमा छलफल भएको छ ।’ बैंकर्सहरूले छलफलमा सीडी रेसियोमा सहुलियकको माग राखेका थिए ।’

राष्ट्र बैंकले चालु आवको मौद्रिक नीतिमार्फत् सीसीडी रेसियो खारेज गरेर सीडी रेसियो कायम गरेको छ । नयाँ व्यवस्थाअनुसार बैंकहरूले २०७९ असार मसान्तभित्र सीडीलाई ९० प्रतिशतमा झार्नुपर्नेछ । बैंकरहरुले सीडी रेसियोमा सुविधा खोज्दै पुस मसान्तमा ९२, चैत मसान्तमा क्रमशः ९१ र २०७९ असार मसान्तमा ९० गर्न कायम गर्ने व्यवस्था मिलाइ दिन माग गरेका हुन् ।

‘बैकरहरूले सीडी रेसियोमा सहुलियत चाहिन्छ भनेर माग राखेपछि अर्थमन्त्री शर्मार्ल मौद्रिक नीतिको त्रैमासिक समीक्षामा विचार गरिदिनु हुन राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई सुझाएका छन् ।

सरकारी खर्च नहुँदा पनि तरलता संकट देखिएको हो । यो खर्च गर्न सके तरलता व्यवस्थापनका सहज हुने विषयमा पनि छलफल भएको थियो । हाल बैकिङ क्षेत्रमा देखिएको तरलता संकटको विषयलाई लिएर यसलाई कसरी मेन्टन गर्ने भन्ने विषयमा अर्थ मन्त्रालयमा छलफल भएको छ ।

सरकारी खर्च गर्न सके तरलता व्यवस्थापनमा सहज हुने विषय पनि अर्थमन्त्री समक्ष बैकर्सहरूले राखेको थिए ।
सरकारी खर्च बढाउन समेत हामीले आग्रह गरेका छौं संघका निवर्तमान अध्यक्ष भुवन दाहालले भने ‘बैकिङ कसुर ऐन परिमार्जन भएर अर्थ मन्त्रालय पुगिसकेकोले यसमा हेरिदिन समेत आग्रक गरिएको छ ।’ ‘हाम्रो मक्सत भनेको बेइमान नछुट्न इमान्दार नपरुन् भन्ने नै हो ।’

‘बैकरहरूले सीडी रेसियोमा सहुलियत चाहिन्छ भनेर माग राखेपछि अर्थमन्त्री शर्मार्ल मौद्रिक नीतिको त्रैमासिक समीक्षामा विचार गरिदिनु हुन राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई सुझाएका छन् ।

साथै बैसरहरूले अर्थमन्त्र समक्ष करको विषयका साथै संस्थागत निक्षेपका विषयमा समेत छलफलमा राखेका थिए । छलफलमा बैकरहरूले अन्य क्षेत्रमा जस्तै बैकिङ क्षेत्रलाई पनि सबै सरहको करको व्यवस्था हुनुपर्ने माग राखेका छन् ।

‘हामीलाई अर्थमन्त्रीज्यूले बोलाउनु भयो,’ उनले भने ‘हामीले अहिले देखिएको समस्या तरलताको समस्या बारेमा राख्यौ र सरकारी राजस्व निक्षेपमा गणना हुन पाउने व्यवस्था गर्न समेत आग्रह गरेका छौं ।

यसका साथै बाहिरी ऋण ल्याउन अझ सहजीकरण गरिदिनुपर्ने माग बैकर्सहरूले राखेका थिए । साथै बैसरहरूले अर्थमन्त्र समक्ष करको विषयका साथै संस्थागत निक्षेपका विषयमा समेत छलफलमा राखेका थिए । छलफलमा बैकरहरूले अन्य क्षेत्रमा जस्तै बैकिङ क्षेत्रलाई पनि सबै सरहको करको व्यवस्था हुनुपर्ने माग राखेका छन् ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स