छिमेक लघुवित्तको नाफा घटेपनि वितरणयोग्य मुनाफा भने बढ्यो

काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्थाको नाफा सामान्य घटेको छ । लघुवित्तले अघिल्लो आर्थिक वर्षमा १ अर्ब ६ करोड १९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

गत आर्थिक वर्षमा लघुवित्तले १ अर्ब ९ लाख रुपैयाँ खुद नाफा कमाएको गरेको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ५.७४ प्रतिशत कम हो।

अघिल्लो आर्थिक वर्ष लघुवित्तको खुद ब्याज आम्दानी सामान्य घटेको र खराब कर्जा बढेका कारण खुद नाफा घट्न पुगेको हो।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी १.१४ प्रतिशत घटेको छ । खुद फि तथा कमिशन आम्दानी १७.८६ प्रतिशत बढेको छ । लघुवित्तको खुद सञ्चालन आम्दानी ०.३३ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा ९.०९ प्रतिशत घटेको छ ।

समीक्षा अवधिमा लघुवित्तको निष्क्रिय कर्जा १.७१ प्रतिशतबाट बढेर ३ प्रतिशत पुगेको छ। यससँगै लघुवित्तको इम्पेरमेन्ट चार्ज ३४ करोडबाट ४१ करोड पुगेको छ। जसका कारण खुद नाफा र सञ्चालन मुनाफा घट्न पुगेको हो।

नाफा घटेपनि लघुवित्तको वितरणयोग्य मुनाफा भने बढेको छ । समीक्षा अवधिमा लघुवित्तको यस्तो मुनाफा १८.३३ प्रतिशत बढेर १ अर्ब ७१ करोड रुपैयाँ पुगेको छ। त्यस्तै, लघुवित्तको वितरणयोग्य प्रतिसेयर आम्दानी ६ रुपोयँ ४९ पैसा बढेर ५७ रुपैयाँ ६४ पैसा पुगेको छ।

समीक्षा अवधिमा लघुवित्तको प्रतिसेयर आम्दानी भने घटेको छ । सो अवधिमा लघुवित्तको यस्तो आम्दानी ३ रुपैयाँ ८३ पैसा घटेर ३३ रुपैयाँ ६२ पैसामा झरेको छ । असार मसान्तसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात २६.७७ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ २४९ रुपैयाँ १५ पैसा रहेको छ ।

२ अर्ब ९७ करोड ७१ लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस लघुवित्तको जगेडा कोषमा ४ अर्ब ४४ करोड रुपैयाँ सञ्चित छ । चौथो त्रैमासको अन्त्यसम्ममा लघुवित्तले ३८ अर्ब २ करोड रुपैयाँ निक्षेप तथा सापटीबाट ३४ अर्ब ९० करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स