नेप्से ७० अंकले बढ्दा १० कम्पनीमा लाग्यो सकरात्मक सर्किट, कुनले कति कमाए ?

काठमाडौं । सोमबार, नेप्से परिसूचक ७०.८१ अंकले बढेर २९३१.६५ अंक विन्दुमा आइपुगेको छ ।

आज ६ करोड ४८ लाख ७६ हजार कित्ता सेयर २७ अर्ब २४ करोड २० लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, १७१ वटा कम्पनीको सेयर मूल्य बढ्दा ६८ वटा कम्पनीको घटेको छ भने ३ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, सूर्या ज्योति लाइफ इन्स्योरेन्स, हिमालयन लाइफ इन्स्योरेन्स, जोशी हाइड्रोपावर, रसुवागडी हाइड्रोपावर, श्वेत गंगा हाइड्रोपावर, शुभम् पावर, भिजन लुम्बिनी उर्जामा १०%, सगरमाथा जलविद्युत, हिमाल दोलखा हाइड्रोपावर, नेशनल हाइड्रोपावरमा ९.९९ प्रतिशतले सकरात्मक सर्किट लागेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स