काठमाडौं । सुनको मूल्यमा गिरावट भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा सोमबार प्रतितोला १ सय रुपैयाँले घटेको हो ।
महासंघका अनुसार आइतबार छापावाला सुन १ लाख ४८ हजार ८ सय रुपैंयाँ प्रतितोलामा कारोबार भएकामा सोमबार १ लाख ४८ हजार ७ सय रुपैयाँ कायम भएको छ ।
चाँदीको मूल्य समेत घटेको छ। आइतबार १ हजार ७ सय २० रुपैयाँ प्रतितोला रहेकोमा सोमबार १ हजार ७ सय १५ रुपैयाँ कायम भएको हो ।