काठमाडौं । यु्निलिभर नेपाल लिमिटेडको वित्तिय विवरण सार्वजनिक भएको छ । गत आर्थिक वर्षमा युनिलिभरले १ अर्ब ९७ करोग ४२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको हो ।
यो अघिल्लो आर्थिक वर्षको तुलनामा ७ दशमलव ६२ प्रतिशतले बढि हो ।
कम्पनीको े प्रति सेयर आम्दानी २ हजार १ सय ४४ रुपैयाँ छ । प्रति सेयर आम्दानी अघिल्लो वर्षभन्दा १५६ रुपैयाँले वृद्धि भएको हो ।
त्यस्तै, प्रति सेयर नेटवर्थ ५५१ रुपैयाँले वृद्धि भएर ५हजार २ सय ८५ रुपैयाँ पुगेको छ। कम्पनीको रिटेन्ड अर्निङ ४ अर्ब ७७ करोड ३६ लाख रुपैयाँ रहेको वित्तिय विवरणले देखाएको छ ।