साना किसान लुघवित्तको नाफा साँढे ९४ करोड, लाभांश क्षमता कति ?

काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको नाफा वृद्धि गरेको छ । अघिल्लो वर्षको तुलनामा २२ दशमलव ७६ प्रतिशतले वृद्धि गरेको हो ।

गत आर्थिक वर्षमा ९४ करोड ५० लाख रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो वर्ष लघुवित्तले ७७ करोड ३५ लाख ६६ हजार रुपैयाँ खुद नाफा गरेको कम्पनीले सार्वजनिक गरेको वित्तीय प्रतिवेदनले देखाएको छ ।

यस कम्पनीले गत आर्थिक वर्षमा २ अर्ब ८३ करोड निक्षेप तथा २० अर्ब १४ करोड सापटी गरी ३८ अर्ब १२ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । लघुवित्तको खराब कर्जा अघिल्लो वर्ष ० दशमलव ६१ प्रतिशत रहेको खराब कर्जा गत वर्ष २ दशमलव १८ प्रतिशत पुगेको हो ।

लघुवित्तको प्रति सेयर आम्दानी २४रुपैयाँ ९५ पैसा र नेटवर्थ २४८ रुपैयाँ ८१ पैसा रहेको छ ।
वितरणयोग्य नाफा १ अर्ब ७२ करोड रुपैयाँ रहेको छ ।

वितरणयोग्य नाफा हेर्दा लघुवित्तको लाभांश क्षमता ४५ दशमलव ४४ प्रतिशत देखिएको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स