किम्ची फास्टफुडलाई २ लाख रुपैयाँ जरिवाना, प्रशोधित पिउने पानीमा कीरा फेला

काठमाडौं । काठमाडौं महानगरपालिकाले किम्ची फास्टफुड रेष्टुरेन्टलाई जरिवाना गरेको छ । सिल गरेको प्रशोधित पानीको बोतलभित्र कीरा फेला परेपछि महानगरले किम्चीलाई २ लाख रुपैयाँ जरिवाना गरेको हो ।

किम्ची फास्टफुडमा आयोजना गरिएको एक कार्यक्रममा वडा नं. ११ का वडा सदस्य यशोमती परियारले बोतल खोलेर गिलासमा खन्याएर पिउन थालेपछि पानीमा कीरा सल्वलाएको देखेकी थिइन् ।

परियारले कार्यक्रममा उपस्थित महानगरपालिकाका उपप्रमुख सुनिता डंगोललाई पानीको बोतल देखाइन् ।

त्यसपछि अनुगमन समितिका संयोजकसमेत रहेकी उपप्रमुख डंगोलले दुषित पानी बिक्री गर्नेलाई तत्काल कारवाही गर्न निर्देशन दिएकी थिइन् ।

सोहि अनुसार काठमाडौं महानगरपालिकाले किम्ची फास्टफुडलाई जरिवाना गरेको हो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स