जगदम्बा मोटर्स र पोस्टामले १०० जना कन्टेन्ट क्रिएटरहरुलाई १०० वटा टिभिएस एन्टर्क स्कुटरद्वारा पुरस्कृत गर्ने

काठमाडौं । जगदम्बा मोटर्स नेपालका लागि टिभिएस स्कुटर र मोटरसाईकलको एक मात्र आधिकारिक वितरक हो । मोटर्सले नेपाली सोसल मिडिया एप पोस्टामसँग सहकार्य गर्दै नेपालकै सबैभन्दा ठूलो कन्टेन्ट प्रतियोगिताको आयोजना गर्ने भएको छ ।

यस प्रतियोगिताको मुख्य उद्देश्य नेपालभरका कन्टेन्ट क्रिएटरहरूलाई आफ्नो कला देखाउँदै रोमाञ्चक पुरस्कारहरू जित्न प्रोत्साहन गर्ने रहेको छ । उक्त प्रतियोगिता पोस्टामको प्लेटफर्ममा हुनेछ । अन्य सोसल मिडिया प्ल्याटफर्महरू भन्दा भिन्न रहेको पोस्टाममा प्रयोगकर्ताहरूले सूचना आदान–प्रदान गर्न, मानिसहरुसँग कनेक्ट हुनुका साथै आफ्नो कन्टेन्टलाई मनिटाइज गरेर नियमित पोस्टहरु मार्फत पनि आम्दानी गर्ने अवसरहरू प्राप्त गर्छन् ।

कम्पनीका अनुसार यो प्रतियोगिता एक ऐतिहासिक र नेपाली कन्टेन्ट क्रिएटरहरूको लागि सबै भन्दा ठूलो पुरस्कार राशी रहेको प्रतियोगिता हो । टिभिएस नेपालकी प्रोडक्ट हेड करुणा पुडासैनीले यस प्रतियोगिताको लागि पोस्टाम एपसँग साझेदारी गर्न पाउँदा निकै उत्साहित रहेको बताउनुभयो । साथै यो प्रतियोगिता कन्टेन्ट क्रिएटरलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने उत्कृष्ट अवसर प्रदान गर्ने बताए ।

त्यस्तै पोष्टमका प्रमुख कार्यकारी अधिकृत र सह–संस्थापक रोनिश दाहालले यो प्रतियोगिताले कन्टेन्ट क्रिएसनलाई आफ्नो करियरको रुपमा स्थापित गर्न नेपालभरका कन्टेन्ट क्रिएटरहरूलाई मद्दत गर्ने कुरामा विश्वस्त रहेको बताए ।

कन्टेन्टको क्वालिटी र इंगेजमेन्टको आधारमा टप १०० जना छनोट हुने आयोजकले बताएका छन् । पोस्टामले आवश्यक कन्टेन्ट थिमको बारेमा गिग फिचरमार्फत स्पष्ट निर्देशनहरू प्रदान गर्नेछ जसले सहभागीहरूलाई सुरुवात गर्न निकै सहज बनाउने छ । पोस्टाम प्रयोगकर्ताहरुले यो बाहेक अन्य थुप्रै अवसरहरुमार्फत पनि आम्दानी गर्न सकिने सुविधा प्रदान गर्ने आयोजकले जनाएको छ ।

जगदम्बा मोटर्स र पोस्टामको सहकार्यमा हुन लागेको यस प्रतियोगिताले कन्टेन्ट क्रिएटरको प्रतिभालाई पुरस्कृत गर्ने मात्र नभई नेपाली युवाहरूमा रचनात्मक अभिव्यक्तिको लहर ल्याउन मद्दत पु¥याउनेमा आयोजक विश्वस्त रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स