आज राति पूर्वदेखि पश्चिमसम्मका यी ठाउँमा पर्दैछ ठूलो पानी

काठमाडौं । मौसम विभागका अनुसार आज राति पूर्वदेखि पश्चिमसम्मको केहि स्थानमा ठूलो पानी पर्ने संभावना रहेको छ ।

कोशी, मधेश, गण्डकी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको विभागले बताएको हो।

राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा तथा कोशी र बागमती प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स