नेप्से ९४ अंकले बढ्दा १२ कम्पनीमा लाग्यो सकरात्मक सर्किट

काठमाडौं । आइतबार, नेप्से परिसूचक ९४.५३ अंकले बढेर २८६०.९१ अंक विन्दुमा आइपुगेको छ ।

आज ६ करोड ३ लाख २१ हजार कित्ता सेयर २५ अर्ब ७७ करोड ९४ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, २२५ वटा कम्पनीको सेयर मूल्य बढ्दा १५ वटा कम्पनीको घटेको छ भने २ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, नेशनल हाइड्रोपावर, नेरुडे मिर्मिरे लघुवित्त, हाइड्रो इलेक्ट्रिसीटी इन्भेष्टमेन्ट, खानीखोला हाइड्रोपावर, अँखुखोला जलविद्युत, शुभम् पावर, आत्मनिर्भर लघुवित्त, मिड सोलु हाइड्रोपावरमा १०%, युनाइटेड आईडीआई मर्दी, सिंगटी हाइड्रो इनर्जी, रिडी पावरमा ९.९९ प्रतिशतले सकरात्मक सर्किट लागेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स