ग्लोबल आइएमई लघुवित्तको नाफा १४ करोड १६ लाख, ईपीएस कति ?

काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमाससम्ममको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।

गत वर्षको असार मसान्तसम्ममा कम्पनीले १४ करोड १६ लाख ८० हजार रुपैयाँ नाफा गरेको हो । यो अघिल्लो आथिृक वर्षको सोहि अवधिको तुलानामा ४६.८० प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा कम्पनीले ९ करोड ६५ लाख १३ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो ।

समिक्षा अवधिमा कम्पनीले ६३ करोड ३४ लाख ७७ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । यो अघिल्लो आवको सोहि अवधिमा ३५.८७ प्रतिशतले बढी हो । अघिल्लो आवमा कम्पनीले ४६ करोड ६२ लाख ४४ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

कम्पनीको कुल सञ्चालन आम्दानी ७३ करोड ५२ लाख १९ हजार रुपैयाँ पुगेको छ । यो अघिल्लो आवको तुलानामा ३६.५९ प्रतिशतले बढी हो । अघिल्लो आवको सोहि अवधिमा कम्पनीले ५३ करोड ८२ लाख ५७ हजार रुपैयाँ कुल सञ्चालन आम्दानी गरेको थियो ।

कम्पनीको इम्पेयरमेन्ट चार्ज १४१.८२ प्रतिशतले बढेर १७ करोड ४४ लाख ६७ हजार रुपैयाँ पुगेको छ । कम्पनीको वितरणयोग्य नाफा ६ करोड ४७ लाख ७५ हजार रूपैयाँ रहेको छ ।

कम्पनीको सञ्चालन नाफा ४६.९१ प्रतिशतले बढेर २० करोड ३७ लाख ५० हजार रुपैयाँ पुगेको छ ।

कम्पनको कर्जा प्रवाह १७.३७ प्रतिशतले बढेर ८ अर्ब ५२ करोड ५१ लाख ९७ हजार रुपैयाँ पुगेको छ भने निक्षेप संकलन १.६१ प्रतिशतले घटेर ३ अर्ब ७ करोड ४ लाख ९० हजार रुपैयाँमा झरेको छ ।

चुक्ता पुँजी ६१ करोड ८९ लाख रुपैयाँ रहेको कम्पनीको जगेडा कोषको आकार १३.४७ प्रतिशतले बढेर ५१ करोड ५१ लाख ५९ हजार रुपैयाँ पुगेको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) १५.५९ रुपैयाँबाट बढेर २२.८९ रुपैयाँ पुगेको छ ।

कम्पनीको प्रतिसेयर नेटवर्थ १८३.२४ रुपैयाँ , मूल्य आम्दानी अनुपात ५९.६३ गुणा र तरलता अनुपात ४.५६ प्रतिशत छ । कम्पनीको खराब कर्जा ४.३० प्रतिशतबाट घटेर ३.९० प्रतिशतमा झरेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स