काठमाडौं । बैंकको ब्याजदर गत वर्ष भन्दा कम्तिमा २ प्रतिशतले सस्तो भएको छ । अघिल्लो आर्थिक वर्षको असारमसान्तसम्ममा बैंकको आधार दर १० दशमलव ०५ प्रतिशत रहेकोमा यो असार मासन्तसम्ममा ८ दशमलव ०८ प्रतिशत कायम भएको हो ।
यसरी हेर्दा ऋण लिदाँ कम्तिमा २ प्रतिशत सस्तो हुने भएको छ ।
बैंकहरुले प्रकाशन गरेको चौथो त्रैमासिक वित्तिय प्रतिवेदन अनुसार बैंकको सबै जसो बैंकको आधार दर घटेको छ ।
बैंकहरुले आधारदरमा बढिमा ५ प्रतिशत प्रिमियम जोडेर ब्याजदर तय गर्ने गर्ने गर्छन् । कुन प्रयोजनको लागि लिएको हो त्यस अनुसारको प्रिमियम तय गर्ने गर्छ । अझ प्राथमिक क्षेत्रमा त २ प्रतिशत भन्दा प्रिमियम जोड्न नपाईने व्यवस्था राष्ट्र बैंकले गरिदिएको छ ।
त्यसका अलवा विजनेशको प्रकार हेरेर बैंकले प्रिमियम तय गर्ने गर्छ । यसरी हेर्दा गत वर्ष भन्दा अहिले लगानी गर्नेहरुलाई सहज हुने भएको छ ।
बैंक अनुसार हेर्ने हो भने सबै भन्दा कम आधार दर भएको बैंकमा स्ट्याण्डर्ड चार्टर्ड बैंक रहेको छ जसको ६ दशमलव ६० प्रतिशत आधार दर रहेको छ । सबै भन्दा बढिरहेको एनआईसी एशिया बैंकको ९ दशमलव १९ प्रतिशत रहेको छ ।
कुन बैंकको आधार दर कति ?
स्ट्याण्डर्ड चार्टर्ड बैंक ६.६० प्रतिशत
राष्ट्रिय वाणिज्य बैंक ७.०१ प्रतिशत
एभरेष्ट बैंक ७.२९ प्रतिशत
नबिल बैंक ७.६३ प्रतिशत
नेपाल इन्भेष्टमेन्ट मेगा बैंक ७.८२ प्रतिशत
सानिमा बैंक ७.८३ प्रतिशत
नेपाल बैंक ७.९७ प्रतिशत
प्रभु बैंक ८.०२ प्रतिशत
कृषि विकास बैंक ८.०९ प्रतिशत
ग्लोबल आईएमई बैंक ८.०९ प्रतिशत
सिद्धार्थ बैंक ८.११ प्रतिशत
माछापुच्छ्रे बैंक ८.२६ प्रतिशत
सिटिजन्स बैंक ८.११ प्रतिशत
नेपाल एसबीआई बैंक ८.३० प्रतिशत
एनएमबी बैंक ८.४२ प्रतिशत
प्राईम बैंक ८.४२ प्रतिशत
लक्ष्मी सनराइज बैंक ८.५२
कुमारी बैंक ८.८९ प्रतिशत
हिमालयन बैंक ९.८९ प्रतिशत
एनआईसी एशिया बैंक ९.१९ प्रतिशत