काठमाडौं । डिजिटल वालेट खल्तीको प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा विनय खड्का नियुक्त भएका छन् । सन् २०१७ ब्याचका चार्टर्ड अकाउन्टेन्ट (सीए) टपर खड्का खल्तीको सीईओ नियुक्त भएका हुन् ।
यसअघि एनआईसी एसिया बैंकको डिजिटल मार्केटिङ प्रमुख रहेका उनी खल्तीको सीईओ बनेका हुन् । साढे २ वर्ष एनआईसी एसियाको डिजिटल मार्केटिङ हेडको रुपमा काम गरेका खड्कासँग ईसेवामा पनि काम गरेको अनुभव छ ।
नयाँ सीईओ ल्याएसँगै खल्तीले बजारमा आक्रामक रुपमा उपस्थिति जनाउने लक्ष्य लिएको छ ।