काठमाडौं । सनराइज म्युचुअल फण्ड अन्तर्गत सञ्चालित दुई योजनाले लाभांश घोषणा गरेका छन् ।
क्यापिटलको बिहीबार बसेको सञ्चालक समिति बैठकले सनराइज फोकस्ड इक्विटी फण्ड र सनराइज फर्स्ट म्युचुअल फण्डको लाभांश घोषणा गरेको हो ।
जसमा सनराइज फर्स्ट म्युचुअल फण्डले करसहित १२.५ प्रतिशत लाभांश र सनराइज फोकस्ड इक्विटी फण्डले करसहित ४.५ प्रतिशत लाभांश घोषणा गरेको छ ।