२० अर्ब माथिको कारोबार हुँदा यस्ता छन् आज सर्वाधिक सेयर खरिदबिक्री हुने १० कम्पनी

काठमाडौं । साताको अन्तिम दिन सेयर बजार सामान्य अंकले बढेको छ ।

बिहीबार, नेप्से परिसूचक ६.७० अंकले बढेर २७६६.३८ अंक विन्दुमा आइपुगेको छ ।

आज ५ करोड ९ लाख ४६ हजार कित्ता सेयर २० अर्ब ७ करोड ४ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, ७९ वटा कम्पनीको सेयर मूल्य बढ्दा १४९ वटा कम्पनीको घटेको छ भने ४ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, शिवम् सिमेन्टको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज १ अर्ब २० करोड ९० लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

त्यस्तै, हिमालयन रि इन्स्योरेन्सको १ अर्ब ७ करोड ६२ लाख, निफ्राको ९२ करोड ४६ लाख, सोनापुर मिनरल्स्को ४५ करोड ८७ लाख, सानिमा माई हाइड्रोपावरको ४२ करोड ५३ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स