काठमाडौं । पिपुल्स इनर्जीले आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्काशनका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन)मा आवेदन दिएको छ ।
कम्पनीले आयोजना प्रभावित र सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ६६ लाख कित्ता आईपीओ निष्काशनका लागि बोर्डसँग अनुमति मागेको हो ।
बोर्डले अनुमति प्रदान गरेमा कम्पनीलाई आईपीओ निष्काशनका लागि बाटो खुल्ने छ ।
कम्पनीले दोलखा र रामेछापको सीमा नदी खिम्ती खोलामा ४८.८ मेगावाट क्षमताको खिम्ती–२ जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।
कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल र सेयर प्रत्याभूतिकर्तामा नागरिक लगानी कोष रहेको छ ।