काठमाडौं उपत्यकामा बिक्री हुने जार र बोटलको पानीको मूल्य घट्यो, कति पुग्यो ?

काठमाडौं । सरकारले काठमाडौं उपत्यकामा बिक्री हुने जार र बोटलको पानीको मूल्य घटाएको छ । बुधबार वाणिज्य आपूर्ती उपभोक्ता संरक्षण विभागले एक विज्ञप्ति जारी गर्दै जार र बोटलको पानीको मूल्य घटाएको हो ।

जसअनुसार उपत्यकामा बिक्री हुने जारको पानी (२० लिटर) प्रतिगोटाको मूल्य ३ रुपैयाँले घटेर अधिकतम खुद्रा बिक्री मूल्य ४७ रुपैयाँ कायम गरिएको छ ।

यसअघि (२० लिटर) क्षमता रहेका जार प्रतिगोटाको अधिकतम बिक्री मूल्य ५० रुपैयाँ थियो ।

त्यस्तै, बोटल एक लिटरको अधिकतम खुद्रा बिक्री मूल्य १६ रुपैयाँ कायम गरिएको छ ।

उपभोक्ता संरक्षण ऐन २०७५ को परिच्छेद ३ दफा ७ बमोजिम उत्पादकले उत्पादन तथा वितरण गर्ने वस्तु वा सेवाको मूल्य प्रचलित कानूनको अधिनमा रही उत्पादन, संकलन, प्रशोधन तथा वितरणको लागि लाग्ने वास्तविक लागत, कर र आवश्यक मुनाफा राखी अधिकतम खुद्रा बिक्री मूल्य तोक्ने कानूनी व्यवस्था रहेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स