करिब १८ अर्बको कारोबार हुँदा यस्ता छन् आज सर्वाधिक सेयर खरिदबिक्री हुने १० कम्पनी

काठमाडौं । साताको चौथो दिन सेयर बजारमा उछाल आएको छ ।

बुधबार, नेप्से परिसूचक १०८.३५ अंकले बढेर २७५९.६७ अंक विन्दुमा आइपुगेको छ ।

आज ३ करोड ८० लाख ४१ हजार कित्ता सेयर १७ अर्ब ९५ करोड ९ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, २३९ वटा कम्पनीको सेयर मूल्य बढ्दा ३ वटा कम्पनीको घटेको छ ।

त्यसैगरि, हिमालयन रि इन्स्योरेन्सको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज १ अर्ब ५३ करोड ५३ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

त्यस्तै, नेपाल फाइनान्सको ६५ करोड ५५ लाख, सानिमा माई हाइड्रोपावरको ५५ करोड ७३ लाख, शिवम् सिमेन्टको ४६ करोड २१ लाख, चिलिमे हाइड्रोपावरको ३५ करोड रुपैयाँमाथिको कारोबार भएको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स