अब नबिल बैंकका ग्राहकले नमस्ते पे वालेटमा पैसा लोड तथा खातामा रकमान्तर गर्न सकिने

काठमाडौं । नबिल बैंकले नमस्ते पे वालेटसँग साझेदारी गरेको छ । यो साझेदारीले नबिल बैंकका ग्राहकहरूले नमस्ते पे वालेटका विभिन्न सेवाहरू उपयोग गर्न सक्नेछन् ।

मंगलबार आयोजित एक कार्यक्रमकाबीच नबिल बैंकका तर्फबाट रिटेल कारोबार बैंकिङ प्रमुख निरज शर्मा र नमस्ते पे वालेटका तर्फबाट डेपुटी सीईओ विनय बिजुक्छेले समझदारी पत्रमा हस्ताक्षर गरे ।

यो सहकार्यसँगै अब नबिल बैंकका ग्राहकहरूले मोबाइल बैंकिङ एप्लिकेशनमार्फत आफ्नो नमस्ते पे वालेटमा सजिलैसँग पैसा लोड गर्न तथा वालेटबाट खातामा रकमान्तर गर्न सक्नेछन् ।

नबिल बैंक नेपालमा भुक्तानी प्रणाली डिजिटलिकरण अग्रणी संस्था हो । बैंकले नयाँ नयाँ प्रविधिहरू अपनाउँदै आफ्ना ग्राहकहरूलाई उत्कृष्ट सेवा प्रदान गर्दै आएको छ ।

सम्झौतामा हस्ताक्षर गर्दै, नबिल बैंकका रिटेल कारोबार बैंकिङ प्रमुख शर्माले यो साझेदारीले बैंकका ग्राहक र नमस्ते पे प्रयोगकर्ताहरूले लाभ लिन सकिने बताए । उनले भने, ‘डिजीट़ाइजेसनमा महत्वपुर्ण योगदान दिदै आएको यस बैंकले अन्य संस्थाहरूसँग साझेदारी गर्दै उत्कृष्ट सेवा र सन्तुष्टि प्रदान गर्न प्रतिबद्ध रहेको छ।’

नमस्ते पे वालेटका डेपुटी सिइओ बिजुक्छेले सम्झौतामा हस्ताक्षर गर्दै भने, ‘नमस्ते पेले अत्याधुनिक सेवा प्रदान गर्ने र नेपालमा डिजिटल रूपान्तरणलाई क्रान्तिकारी बनाउने लक्ष्य राखेको छ ।’ उनले यो साझेदारीले नमस्ते पेको सेवा दायरा बढाउन र अझ बढी प्रयोगकर्तालाई आकर्षित गर्न मद्दत गर्ने बताए।

यस नयाँ प्लेटफर्मको अतिरिक्त, नबिल एनबैंक एप प्रयोगकर्ताहरूले अब ई सेवा, खल्ती, र नमस्ते पे वालेटका सेवाहरू पनि उपयोग गर्न सक्नेछन् । यो सेवा सुरु भएपछि, नबिल बैंकका ग्राहकहरूले थप सहज र सुरक्षित तरिकाले डिजिटल भुक्तानी गर्न सक्नेछन् ।

नबिल बैंक नेपालको अग्रणी वाणिज्य बैंकहरूमध्ये एक हो । बैंकले २४ लाख भन्दा बढी सेवाग्राहीलाई २६८ शाखा र ३१६ एटिएममार्फत सेवा प्रदान गर्दै आएको छ । नबिल बैंकले ४० वर्ष देखि नेपाली बैंकिङ क्षेत्रमा नवीनतम सेवाहरूको सुरुवात गर्दै महत्वपूर्ण भूमिका खेलेको छ । बैंकले नेपालको बैंकिङ विकासमा महत्वपूर्ण योगदान पु¥याउँदै आएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स