कामना सेवा विकास बैंकको नाफा ६० करोड ३२ लाख, प्रतिसेयर आम्दानी कति ?

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

समिक्षा अवधिमा बैंकले ६० करोड ३२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ६६.९३ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ३६ करोड १३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

गत वर्षको असार मसान्तसम्ममा बैंकको कुल सञ्चालन आम्दानी ७.०८ प्रतिशत र सञ्चालन मुनाफा ५३.०८ प्रतिशतले बढेको छ।

त्यस्तै, बैंकको खुद ब्याज आम्दानी २.७८ प्रतिशत बढेको छ भने खुद फि तथा कमिशन आम्दानी ११.४२ प्रतिशतले बढेको छ।

समिक्षा अवधिमा बैंकको इम्पेरमेन्ट चार्ज ३० करोड ४० लाख रुपैयाँमा सीमित भएको छ।

बैंकको वितरणयोग्य मुनाफा ३० करोड २९ लाख रुपैयाँ रहेको छ। त्यस्तै, बैंकको वितरणयोग्य प्रतिसेयर आम्दानी ९.२३ रुपैयाँ रहेको छ।

बैंकको चुक्ता पुँजी ३ अर्ब २८ करोड ११ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा २ अर्ब ११ करोड ५६ लाख रुपैयाँ सञ्चित छ।

समिक्षा अवधिमा बैंकले ५९ अर्ब ६ करोड ६७ लाख रुपैयाँ निक्षेप संकलन गरी ४५ अर्ब ९४ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ।

बैंकको प्रतिसेयर आम्दानी ७.३७ रुपैयाँले बढेर १८.३८ रुपैयाँ पुगेको छ। त्यस्तै, बैंकको मूल्य आम्दानी अनुपात २२.६३ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १६४.४८ रुपैयाँ रहेको छ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स