काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।
गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकले ४७ करोड १ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २४.५२ प्रतिशतले बढी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ३७ करोड ७५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ०.७४ प्रतिशत घटेको छ भने खुद फि तथा कमिशन आम्दानी १४.२८ प्रतिशत बढेको छ।
समीक्षा अवधिमा बैंकको खराब कर्जा ३.५१ प्रतिशतबाट बढेर ४.५८ प्रतिशत पुगेको छ। त्यस्तै, बैंकको इम्पेरमेन्ट चार्ज घटेर ३७ करोड १ लाख रुपैयाँमा सीमित भएको छ।
बैंकको कुल सञ्चालन आम्दानी ०.६४ प्रतिशत र सञ्चालन मुनाफा १८.६८ प्रतिशतले बढेको छ। त्यस्तै, बैंकको वितरणयोग्य मुनाफा भने १७ करोड ७१ लाख रुपैयाँ रहेको छ।
बैंकको चुक्ता पुँजी ४ अर्ब १७ करोड रुपैयाँ रहेको छ । बैंकको जगेडा कोषमा २ अर्ब ५२ करोड रुपैयाँ सञ्चित छ। त्यस्तै, बैंकको निक्षेप ७.२१ प्रतिशतले बढेको छ भने कर्जा ८.८६ प्रतिशत बढेको छ।
बैंकको प्रतिसेयर आम्दानी २.२२ रुपैयाँले बढेर ११.२७ रुपैयाँ पुगेको छ। बैंकको प्रतिसेयर नेटवर्थ १६०.४४ रुपैयाँ, मूल्य आम्दानी अनुपात ३१.३२ गुणा रहेको छ।