खाद्य व्यवस्था तथा व्यापार कम्पनीको सीईओमा गोपीकृष्ण न्यौपानेलाई नियुक्त गर्दै सरकार

काठमाडौं । सरकारले खाद्य व्यवस्था तथा व्यापार कम्पनीमा गोपीकृष्ण न्यौपानेलाई नियुक्त गर्ने भएको छ । आज बस्ने मन्त्री परिषद्को बैठकले न्यौपानेलाई नियुक्त गर्न लागेको हो ।

सरकारले नियुक्त गर्न ठिक्क पारेको व्यक्ति उदयपुर सिमेन्टमा कार्यरत रह्दा विवादमा परेका व्यक्ति हुन् ।
आज बस्ने मन्त्री परिषदको बैठकले रमेश आचार्य र डिल्लीराज लम्सालको पनि नाम सिफारिस गर्नेछ । तीनको नामबाट न्यौपानेलाई नियुक्त गर्न लागेको विशेष स्रोतले जानकारी दिएको छ ।

आज तीन जनाको सर्टष्टिमा परेका ३ जनामध्ये न्यौपोनलाई नियुक्त गर्ने तयारी प्रधानमन्त्री केपी शर्मा ओलीले गर्न लागेका हुन् ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृतको लागि १८ जनाले आवेदन दिएका छन् । वैशाख ४ गते आवेदन माग भएको थियो । उक्त आवेदन अनुसार उम्मेदवारी दिनेमा यसोदा कार्की, भिमबहादुर थापा, गोपाल घिमिरे, कविप्रसाद पाठक, बालकृष्ण बस्नेत, संजीव रोकाहा, श्यामदत्त भट्ट रहेका छन् ।

सीईओका लागि छत्रबहादुर कटुवाल , रामदेव यादव, कुलप्रसाद राई, जीवनारायण काफ्ले, भूपेन्द्रप्रसाद अर्याल , नरेन्द्रबहादुर बोहोराले समेत आवेदन दिएका छन् ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स