करिब २२ अर्बको कारोबार हुँदा यस्ता छन् आज सर्वाधिक सेयर खरिदबिक्री हुने १० कम्पनी

काठमाडौं । साताको दोस्रो दिन सेयर बजारमा उछाल आएको छ ।

सोमबार, नेप्से परिसूचक ४०.७६ अंकले बढेर २७९६.३८ अंक विन्दुमा आइपुगेको छ ।

आज ४ करोड ९७ लाख ७३ हजार कित्ता सेयर २१ अर्ब ८६ करोड ४९ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, १६३ वटा कम्पनीको सेयर मूल्य बढ्दा ७८ वटा कम्पनीको घटेको छ भने १ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, हिमालयन रि इन्स्योरेन्सको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज १ अर्ब २६ करोड ४ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

त्यस्तै, एनआरएनको ४९ करोड ३८ लाख, सानिमा माई हाइड्रोपावरको ४४ करोड ५१ लाख, शिवम् सिमेन्टको ४२ करोड ७ लाख, माउन्टेन इनर्जीको ४० करोड ९३ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स