सानिमा बैंकको नाफा ८.७३ प्रतिशतले घट्यो, अन्य सूचक कस्ता ?

काठमाडौं । सानिमा बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

गत वर्षको असार मसान्तसम्म बैंकले २ अर्ब ३८ करोड १९ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । यो अघिल्लो वर्षको सोहि अवधिको तुलनामा ८.७३ प्रतिशतले कम हो । अघिल्लो वर्ष बैंकले २ अर्ब ६० करोड ५७ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।

समिक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ६ अर्ब ४७ करोड ८६ लाख रुपैयाँबाट घटेर ६ अर्ब १७ करोड ८० लाख रुपैयाँमा झरेको छ ।

बैंकको कुल सञ्चालन आम्दानी ३.५७ प्रतिशतले बढेर ७ अर्ब ९२ करोड ४७ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष बैंकको यस्तो आम्दानी ७ अर्ब ६५ करोड १८ लाख रुपैयाँ थियो ।

बैंकको इम्पेयरमेन्ट चार्ज ४१.९० प्रतिशतले बढेर १ अर्ब ४९ करोड ४३ लाख रुपैयाँ पुगेको छ । बैंकको सञ्चालन नाफा ८.७३ प्रतिशतले घटेर ३ अर्ब ४४ करोड १२ लाख रुपैयाँमा झरेको छ । अघिल्लो वर्ष बैंकको सञ्चालन नाफा ३ अर्ब ७७ करोड रुपैयाँभन्दा बढी रहेको थियो ।

समिक्षा अवधिमा बैंकको खुद सञ्चालन आम्दानी २.५५ प्रतिशतले घटेर ६ अर्ब ४३ करोड रुपैयाँमाथि पुगेको छ । वितरणयोग्य नाफा ३६.२४ प्रतिशतले घटेर १ अर्ब ४१ करोड २३ लाख रुपैयाँमा झरेको छ ।

गत वर्ष बैंकको खराब कर्जा ०.४२ प्रतिशतले बढेर १.७३ प्रतिशत पुगेको छ भने आधारदर २.३२ प्रतिशतले घटेर ७.८३ प्रतिशत कायम भएको छ ।

बैंकको चुक्ता पूँजी ९ प्रतिशतले बढेर १३ अर्ब ५८ करोड १५ लाख रुपैयाँ पुगेको छ भने रिजर्भको आकार २६.९० प्रतिशतले बढेर ५ अर्ब ९६ करोड ९६ लाख रुपैयाँ पुगेको छ ।

समिक्षा अवधिमा बैंकको कर्जा प्रवाह ९.६७ प्रतिशतले बढेर १ खर्ब ५९ अर्ब ४९ करोड १३ लाख रुपैयाँ पुगेको छ भने निक्षेप संकलन १२.२१ प्रतिशतले बढेर १ खर्ब ९७ अर्ब १९ करोड ७० लाख रुपैयाँ पुगेको छ ।

बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) ३.३७ रुपैयाँले घटेर १७.५४ रुपैयाँमा झरेको छ भने प्रतिसेयर नेटवर्थ १५४.३५ रुपैयाँ रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स