राष्ट्रिय वाणिज्य बैंक टप प्रतिस्पर्धाबाट बाहिरिएको हो ? नाफा ३ अर्ब ३९ करोड

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक केहि समय सर्वधाकि कमाउने बैंकमा समेत रहेको थियो । तर गत आर्थिक वर्षमा सर्वाधिक नाफा कमाउने नबिल बैंक भन्दा चाहि निकै काजोर देखिएको छ ।

आज प्रकाशित वाणिज्य बैंकको वित्तिय प्रतिवेदन अनुसार राष्ट्रिय वाणिज्य बैंकले गत आर्थिक वर्ष २०८० । ८१ मा ३ अर्ब ३९ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो वर्ष ३ अर्ब ५९ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

बैंकले ४ खर्ब २९ अर्ब १८ करोड रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ४८ अर्ब ९१ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।
गत असारसम्म बैंकले १० अर्ब २३ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ ।

गत असारसम्म बैंकको वितरणयोग्य नाफा ५८ करोड २१ लाख रुपैयाँ रहेको छ । यसआधारमा बैंकले गत वर्षको नाफाबाट ३ दशमलव ७२ प्रतिशत लाभांश वितरण गर्ने क्षमता राख्छ ।

खराब कर्जा ३ दशमलव ६५ प्रतिशत छ । बैंकको प्रतिसेयर आम्दानी २१ दशमलव ७३ रुपैयाँ रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स