काठमाडौं । कृषि विकास बैंकले नाफा आर्जनमा छलाङ हानेको छ । आफ्नो खुद नाफा १७६ प्रतिशतले वृद्धि गरेको हो ।
बैंकले आज सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८० \ ८१ को वित्तीय विवरणअनुसार बैंकले ३ अर्ब ६५ करोड रुपैयाँ खुद नाफा गरेको छ । अघिल्लो बैंकले १ अर्ब ३२ करोड रुपैयाँ खुद नाफा गरेको थियो ।
बैंकको २ अर्ब ६६ करोड बढी वितरणयोग्य नाफा रहेको छ । बैंकको बैंकको प्रतिसेयर आम्दानी २४ रुपैयाँ ७५ पैसा पुगेको छ । अघिललो वर्ष बैंकको ७ दशमलव ४२ रुपैयाँ थियो ।
बैंकको सञ्चालन नाफा ५ अर्ब २९ करोड रुपैयाँ बढी छ । बैंकको निक्षेप संकलन २ खर्ब४३ अर्ब ५८ करोड पुगेको छ ।
बैंकको खराब कर्जा अनुपात ३ दशमलव ४४ प्रतिशत पुगेको छ ।अघिल्लो वर्ष बैंकको खराब कर्जा २ दशमलव ७८ प्रतिशत थियो ।