आठ विकास बैंकको नाफा ५ अर्ब ५५ करोड, सर्वाधिक कमाउने मुक्तिनाथको १ अर्ब २७ करोड

काठमाडौं । राष्ट्रिय स्तरको विकास बैंकहरुको नाफा ५ अर्ब ५५ करोड रुपैयाँ पुगेको छ । ८ वटा विकास बैंकको नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा झण्डै १० प्रतिशतले वृद्धि भएको हो ।

आर्थिक वर्ष २०८०८१ को वित्तिय विवरण सार्वजनिक भएको छ । जसमा सर्वाधिक नाफा कमाउनेमा मुक्तिनाथ विकास बैंक देखिएको छ । अघिल्लो आर्थिक वर्षमा गरिमा विकास बैंक रहेकोमा गत आर्थिक वर्षमा भने मुक्तिनाथ विकास बैंकले नाफा धेरै आर्जन गरेको हो ।

गत आर्थिक वर्षको तुलनामा मुक्तिनाथ विकास बैंकले २ दशमलव ४८ प्रतिशत नाफा बढाएको हो । अघिल्लो आर्थिक वर्षमा १ अर्ब २४ करोड८२ लाख रुपैयाँ नाफा आर्जन गरेकोमा गत आर्थिक वर्षमा १ अर्ब २७ करोड ९१ लाख रुपैयाँ नाफा कमाएको हो ।

अघिल्लो वर्षको तुलनामा गत आर्थिक वर्ष नाफा घटे पनि गरिमा विकास बैंक देस्रोमा देखिएको छ । यो बैंक अघिल्लो आर्थिक वर्षमा सर्वाधिक नाफा कमाउने विकास बैंकको सूचिमा समावेश थियो ।

अघिल्ले आर्थिक वर्षमा १ अर्ब २६ करोड ४६ लाख रुपैयाँ खुद नाफा रहेकोमा गत आर्थिक वर्षमा १ अर्ब १३ करोड ६१ लाख रुपैयाँ रहेको छ ।

गत आर्थिक वर्षमा अन्य राष्ट्रियस्तरको बैंकहरुमा केहिको नाफा घटेको छ भने केहिको बढेको छ । कामना सेवा विकास बैंकले अघिल्लो आर्थिक वर्षमा ३६ करोड १३ लाख रुपैयाँ रहेकोमा गत आर्थिक वर्षमा ६० करोड ३२ लाख रुपैयाँ आर्जन गरेको हो ।

साइन रेसुङ्गा विकास बैंकको अघिल्लो वर्षको तुलनामा गत आर्थिक वर्ष नाफा घटेको छ । अघिल्लो वर्ष ७५ करोड ८० लाख कमाएकोमा गत वर्ष ६९ करोड ७४ लाख रुपैयाँ आर्जन गरेको हो ।
महालक्ष्मी विकास बैंकले अघिल्लो वर्ष ३७ करोड ७५ लाख रुपैयाँ नाफा आर्जन गरेकोमा गत वर्ष ४७ करोड १ लाख रुपैयाँ आर्जन गरेको छ ।

ज्योति विकास बैंकले अघिल्लो वर्ष ३० करोड १८ लाख रुपैयाँ आर्जन गरेकोमा गत वर्ष २४ करोड ६५ लाख रुपैयाँ अर्जन गरेको छ ।

सांग्रिला विकास बैंकले अघिल्ले वर्ष २७ करोड ४ लाख रुपैयाँबाट ५२ करोड ४ लाख नाफा पुर्याएको छ । यस बैंकले नाफामा छलाङ हानेको छ ।

लुम्बिनी विकास बैंकले ४९ करोड ७६ लाख नाफालाई बढाएर गत आर्थिक वर्षमा ६० करोड ३७ लाख रुपैयाँ नाफा बनाएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स