वाणिज्य बैंकले कमाए ६४ अर्ब बढी नाफा, कुन बैंकको कति ?

काठमाडौं । देशमा सञ्चालन रहेको २० वाणिज्य बैंकहरुमध्ये १० वाणिज्य बैंकको खुद नाफा घटेको छ । गत आवमा बैंकहरूको व्यवसाय विस्तार नहुँदा यसको असर नाफामा देखिएको हो । गत आवमा केहि बैंकले भने उल्लेख्य प्रगति गरेका छन् ।

यद्यपि देशमा सञ्चालित २० वाणिज्यहरूले गत आवमा ६४ अर्ब १५ करोड ३० लाख रुपैयाँ खुद नाफा कमाएका छन् । बैंकहरुको यो नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १३.४० प्रतिशत बढी हो । अघिल्लो आर्थिक वर्षको अन्त्यसम्ममा बैंकहरुले ५६ अर्ब ५७ करोड ४४ लाख रुपैयाँ खुद नाफा कमाएका थिए ।

गत आर्थिक वर्ष सबैभन्दा बढी नाफा कमाउने बैंक नबिल बैंक रहेको छ । सो बैंकले असार मसान्तसम्ममा ७ अर्ब ६ करोड रुपैयाँ खुद नाफा कमाएको छ । बैंकको यो नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १०.२३ प्रतिशत बढी हो ।

६ अर्ब नाफा कमाएको ग्लोबल आइएमई बढी नाफा कमाउने बैंक दोस्रो स्थानमा रहेको छ भने ५ अर्ब १९ लाख रुपैयाँ नाफा सहित नेपाल इन्भेष्टमेन्ट मेगा बैंक तेस्रो स्थानमा रहेको छ ।

सबैभन्दा कम नाफा कमाउने बैंक माछापुच्छ्रे बैंक रहेको छ । सो बैंकले गत आर्थिक वर्षको अन्त्यसम्ममा १ अर्ब २५ करोड रुपैयाँ खुद नाफा कमाएको छ । सिटिजन्स बैंक र एनआईसी एशिया बैंकको नाफा डेढ अर्बभन्दा कम रहेको छ ।
सिटिजन्स बैंकको नाफा १ अर्ब ३४ करोड रुपैयाँ रहेको छ भने एनआईसी एशिया बैंकको नाफा १ अर्ब ३८ करोड रुपैयाँ रहेको छ ।

नेपाल बैंकले १ अर्ब ६५ करोड नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्ष सर्वाधिक नाफा बढाउन सफल बैंक भने प्रभु बैंकको खुद नाफा समीक्षा अवधिमा १४९९.०४ प्रतिशत बढी हो। प्रभु बैंकले गत आवमा ४ अर्ब ४८ करोड रुपैयाँ नाफा कमाएको छ ।

कुमारी बैंकको खुद नाफा समीक्षा अवधिमा ३४५.६७ प्रतिशत बढेको छ । बैंकले गत आवमा २ अर्ब ३० करोड रुपैयाँ नाफा कमाएको हो ।

प्राइम कमर्सियल बैंकको नाफा २६७.१९ प्रतिशतले बढेर ३ अर्ब ७७ करोड रुपैयाँ पुगेको हो भने कृषि विकास बैंकको १७६.२३ प्रतिशत बढेको ३ अर्ब ६५ करोड रुपैयाँ पुगेको छ ।

हिमालयन बैंकको खुद नाफा ८१.६० प्रतिशतले बढेर २ अर्ब ८३ करोड रुपैयाँ पुगेको छ भने नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा ३९.७१ प्रतिशतले बढेर ५ अर्ब १९ करोड रुपैयाँ पुगेको छ ।

लक्ष्मी सनराइज बैंकको नाफा ३२.७९ प्रतिशतले बढेर ३ अर्ब ३ करोड रुपैयाँ पुगेको छ । एभरेष्ट बैंकको नाफा १०.०७ प्रतिशतले बढेर ३ अर्ब ७० करोड रुपैयाँ पुगेको छ ।

यी बैंकहरुको अघिल्लो आर्थिक वर्षको वित्तीय विवरण परिमार्जन भएका कारण खुद नाफा उल्लेख्य बढ्न पुगेको देखिन्छ ।

समीक्षा अवधिमा १० वाणिज्य बैंकको खुद नाफा घटेको छ । जसमध्ये एनआईसी एशिया बैंकको खुद नाफा सर्वाधिक ६८.९१ प्रतिशत घटेर १ अर्ब ३८ करोड रुपैयाँमा खुम्चिएको छ ।

नेपाल बैंकको खुद नाफा ५१.८० प्रतिशत घटेर १ अर्ब ६५ करोड रुपैयाँमा खुम्चिएको छ भने सिटिजन्स बैंकको खुद नाफा करिब २८ प्रतिशत घटेको छ ।

सिद्धार्थ बैंकको नाफा ४.७८ प्रतिशतले घटेर ३ अर्ब १ करोड रुपैयाँमा खुम्चिएको छ भने राष्ट्रिय वाणिज्य बैंकको नाफा ५.४८ प्रतिशतले घटरे ३ अर्ब ३९ करोडमा सीमित रहेको छ ।

त्यसरी नै सानिमा बैकको नाफा ८.५९ प्रतिशतले घटेर २ अर्ब ३८ करोड रुपैयाँमा सीमित भएको छ भने ग्लोबल आईएमई बैंकको नाफा १०.१३ प्रतिशतले घटेर ६ अर्ब १ करोडमा खुम्चिएको छ ।

माछापुच्छरे् बैंकको नाफा २३.०९ प्रतिशतले घटेर १ अर्ब २५ करोड रुपैयाँमा सीमित भएको छ भने एनएमबि बैंकको नाफा २७.४९ प्रतिशतले घटेर २ अर्ब ३३ करोड रुपैयाँमा सीमित भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स