आइएमई लाइफ इन्स्योरेन्सको सीईओमा फुयाल पुनः नियुक्त

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा कबि फुयाललाई पुनः नियुक्त गर्ने भएको छ ।

कम्पनी सञ्चालक समितिको बैठकले फुयाललाई सीईओमा पुनः नियुक्त गर्ने निर्णय गरेको हो ।

बैठकले आगामी चार वर्षको लागि पुनः नियुक्त गर्ने निर्णय गरेको हो ।

कम्पनी सञ्चालक समितिले गरेको निर्णयलाई अन्तिम स्वीकृतीको लागि नियमनकारी निकाय बीमा प्राधिकरण पठाएको छ ।

प्राधिकरणले स्वीकृती प्रदान गरेमा फुयाल सीईओमा पुनः नियुक्त हुने छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स