काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म १६ करोड ५४ लाख ७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले १४ करोड ३० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै लघुवित्तको खुद नाफा बढ्न पुगेको हो ।
समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ११.९० प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा १४.५६ प्रतिशत बढेको छ । त्यसैगरी, लघुवित्तको कुल सञ्चालन आम्दानी १४.५६ प्रतिशतले बढेको छ ।
समीक्षा अवधिमा लघुवित्तको चुक्ता पुँजी २५.१२ प्रतिशत बढेर १ अर्ब २५ करोड पुगेको छ भने भने जगेडा कोष १८.३५ प्रतिशत बढेको छ । लघुवित्तको सापटी १५.९५ प्रतिशत र कर्जा २९.२६ प्रतिशत बढेको छ ।
नाफा बढेपनि लघुवित्तको प्रतिसेयर आम्दानी घटेको छ । समीक्षा अवधिमा लघुवित्तको प्रतिसेयर आम्दानी ५६ रुपैयाँबाट ३ रुपैयाँ १३ पैसा घटेर ५२ रुपैयाँ ८७ पैसामा झरेको छ । असोज मसान्तसम्ममा, लघुवित्तको मूल्य आम्दानी अनुपात ३३.५५ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ २९९ रुपैयाँ ४२ पैसा रहेको छ ।