श्रीनगर एग्रिटेक इन्डस्ट्रिजले आईपीओ निष्काशन गर्ने

काठमाडौं । श्रीनगर एग्रिटेक इन्डस्ट्रिजले आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्काशन गर्ने प्रस्तावसहित साधारण सभा आह्वान गरेको छ ।

कम्पनीले सभा भदौ ४ गते काठमाडौंको नक्सालस्थित कम्पनीको कर्पोरेट कार्यालयमा बिहान साढे १० बजे डाकेको हो ।

सभाले आईपीओ प्रिमियममा वा अंकित मूल्यमा ल्याउने भन्ने अधिकार सञ्चालक समितिलाई दिने विशेष प्रस्ताव पारित गर्नेछ ।त्यस्तै सभाले कम्पनीको अधिकृत पुँजी,जारी पुँजी र चुक्तापुँजी वृद्धि गर्ने प्रस्ताव पनि पारित गर्नेछ।

सभाले सञ्चालक समितिको प्रस्तावबमोजिम कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने प्रस्ताव पनि पारित गर्नेछ।

यो कम्पनी ऐन २०६३ बमोजिम कम्पनी रजिस्ट्रारको कार्यालयमा विधिवत् दर्ता भई सञ्चालनमा छ । सन् २०१७ देखि श्रीनगर एग्रिटेक इन्डस्ट्रिज प्रालिबाट आवश्यक पर्ने दाना तथा आहारको उत्पादनको कार्य शुरु गर्दै कम्पनीले रुपन्देहीमा दाना कारखाना, व्यावसायिक कृषि फार्म स्थापना गरेको छ र पाल्पाको तेल्घामा ब्रिडर फार्म सञ्चालनमा ल्याएको छ ।

यसअघि कम्पनीले आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट बैंकिङलाई नियुक्त गरिसकेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स