सिटिजन्स बन्यो पहिलो वित्तीय विवरण प्रकाशित गर्ने बैंक, नाफा १ अर्ब ३४ करोड, प्रतिसेयर आम्दानी कति ?

काठमाडौं । सिटिजन्स बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकले १ अर्ब ३४ करोड २४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २७.९७ प्रतिशत कम हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ८६ करोड रुपैयाँ खुद नाफा कमाएको थियो।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी २.४४ प्रतिशत घटेर ५ अर्ब ६८ करोड ६१ लाख रुपैयाँ गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा बैंकले ५ अर्ब ८२ करोड ८४ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

बैंकले सञ्चालन नाफा १९.३२ प्रतिशतले घटेर २ अर्ब ७ करोड ७८ लाख रुपैयाँ पुगेको छ । बैंकको नेट फि तथा कमिशन इनकम २८.३१ प्रतिशत बढेर १ अर्ब १२ करोड ४९ लाख रुपैयाँ पुगेको छ ।

बैंकको कुल सञ्चालन आम्दानी १.५७ प्रतिशतले बढेर ७ अर्ब १ करोड ९८ लाख रुपैयाँ छ ।

बैंकको वितरणयोग्य नाफा ६१ करोड ६१ लाख रुपैयाँ रहेको छ ।

समीक्षा अवधिमा बैंकको चुक्ता पुँजी १४ अर्ब २० करोड ९ लाख रुपैयाँ र जगेडा कोष ८.७९ प्रतिशत बढेर ७ अर्ब ३५ करोड ७० लाख रुपैयाँ सञ्चित छ । गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकले १ खर्ब ८९ अर्ब २१ करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ५३ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ।

बैंकको बेसरट ८.२६ प्रतिशतमा झरेको छ । यस्तै बैंकको कर्जा निक्षेपको अनुपात (सीडी रेसियो) ८१.८४ प्रतिशत कायम राखेको छ ।

बैंकको नाफासँगै प्रतिसेयर आम्दानी ३.६७ रुपैयाँ घटेर ९.४५ रुपैयाँमा झरेको छ । बैंकको प्रतिसेयर नेटवर्थ १५१.८१ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात २०.४७ गुणा रहेको छ ।

बैंकको निष्क्रिय कर्जा ३.९९ प्रतिशतबाट बढेर ४.०७ प्रतिशत पुगेसँगै इम्पेरमेन्ट चार्ज १ अर्ब २१ करोडबाट बढेर १ अर्ब ७६ करोड पुगेको छ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स